१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विहीबार ८२ जनामा कोरोना संक्रमण फेला,कुन पालिकामा कति


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

लपु संवाददाता
२९ असोज ०७७, चापागाँउ ः ललितपुरमा विहीबार १ सय २ जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २७ जना महिला र ५५ जना पुरुष सहित ललितपुर महानगरपालिकामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विहीबार ललितपुर महानगरपछि धेरै कोरोना संक्रमण भेटिने पालिकामा महालक्ष्मी नगरपालिका रहेको छ । यहाँ ६ जना महिला र १३ जना पुरुषसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोदावरी नगरमा भने १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै ललितपुरमा कोरोना पुष्टिहुनेहरुको संख्या ५ हजार २ सय ६० पुगेको छ। कोरोना संक्रमणका कारण निधन हुनेहरु २४ जना पुगिसकेका छन् ।
ललितपुरमा अहिले संक्रिय संक्रमित २हजार ५ सय ४० जना छन् । कोरोना संक्रमणबाट मुक्त हुनेहरु २हजार ६ सय ७२ छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।