१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण (हरेक पालिकाको विवरणसहित)


३० आश्विन २०७७, शुक्रबार  

0
Shares


३० असोज ०७७, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २ सय ६० पुगेको हो ।
अहिलेसम्म कोरोना निको भई घर र्फकनेको सङ्ख्या दुई हजार ६ सय ७२ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५ सय ४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।
ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हप्ता अघिदेखि गाहो भई घरमा बसेको र मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको प्रवक्ता महर्जनले बताए । महानगरपालिकाका वडा नं ९ लगायत वडा नं ८, वडा नं १२, वडा नं १६, वडा नं १९ र वडा नं २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेका महर्जनले जानकारी गराए ।
अहिलेसम्म कोरोना निको भई घर फर्कनेको सङख्या एक हजार ७ सय ३१, सक्रिय सङ्क्रमित एक हजार ५ सय ८८ र मृतकको सङ्ख्या २७ पुगेको महानगरपालिकाले जनाएको छ ।
बिहीबार महानगरपालिकामा भेटिएका ८२ सङ्क्रमितमा कति महानरवासी त कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताइन् । “यहाँ कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफै जिम्मेवार हुुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन र भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेका छाँै”, गुरुङले भनिन् ।
गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ३ सय ८२ पुगेको छ । निको भई घर फर्कनेको सङ्ख्या २ सय १५ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको नगरपालिकाले जनाएको छ ।
महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ६ सय १६ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्ने २ सय ५६, सङ्क्रमित ३ सय ५७ र मृतकको सङ्ख्या तीन पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मीभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।
दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १३ पुगेको छ । तीनमध्ये आठ घर फर्किसकेका र पाँच होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महतोले बताए । वाग्मती गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १५ पुगेको छ । तीमध्ये घर फर्किने सात र एक व्यक्ति अस्पताल र बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनाले बताए ।
महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेको छ । तीमध्ये घर फर्किनेको सङ्ख्या नौ र सक्रिय सङ्क्रमित पाँच रहेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ४६ बजे