१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महालक्ष्मी नगरमा अत्यावश्यक बाहेकका सेवा बन्द


३० आश्विन २०७७, शुक्रबार  

0
Shares


३० असोज ०७७, इमाडोल । कोरोना सङ्क्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।
सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले आज(शुक्रबार) विज्ञप्ती जारी गरेर नगरपालिकामा कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उल्लेख छ ।
कर्तिक ७ गतेबाट दशै प्रारम्भ हुने हुदा कार्यालय बन्द हुने अवधि अझ लामो हुनेछ ।
महालक्ष्मीमा आज दिउँसो साढे दुई बजेसम्म सङ्क्रमित सङ्ख्या ६ सय १६ पुगेको छ । तीमध्ये स्वास्थ्य लाभ गर्ने २ सय ६९, सक्रिय सङ्क्रमित ३ सय ४४ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : २६ बजे