१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शनिबार राजधानीमा एक हजार ७ सय कोरोना संक्रमित थपिए


१ कार्तिक २०७७, शनिबार  

0
Shares


गएको २४ घन्टामा काठमाडौँ उपत्यकामा ४६ एक हजार ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौँमा एक हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभर भने तीन हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ४ सय ३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार २५ हजार ३ सय ४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २ सय ९९ सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७३७ पुगेको छ । सङ्क्रमितमध्ये २ सय ९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ८ सय जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८ सय ४० पुगेको छ । जुन कूल सङ्क्रमितको ६९.४ प्रतिशत हो ।
मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५ सय बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय २७ पुगेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ५६ बजे