१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंँ उपत्यकामा एक हजार ६ सय सङ्क्रमित


२ कार्तिक २०७७, आइतबार  

0
Shares


२ कार्तिक ०७७, काठमाडौं ः गएको २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ६ सय ९८ कोरोना सङ्क्रमित थपिएका छन्। आइतबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका संक्रमितहरुमा काठमाडौँमा एक हजार ४ सय ६९, ललितपुरमा १ सय ३० तथा भक्तपुरमा ९९ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
गएको २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणपछि दुई हजार ९ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार २ सय ४२ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा गएको २४ घण्टामा १४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ९२ हजार १ सय ६६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय २६ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

१२ को निधन
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको निधन भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३९ पुगेको छ । गउको शनिबार पनि १२ सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : १८ बजे