१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लपु महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन


५ कार्तिक २०७७, बुधबार  

0
Shares


४ कत्तिक ०७७, पुल्चोक । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् । महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो ।
लपुमहानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताए । हाल महानगरपालिकामा ७२ नगर प्रहरी कार्यरत छन् । ती सबैलाई पोशाक वितरण गरिएको छ । यसैगरी महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइएको महर्जनले जानकारी दिए ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुले विगतको पोशाक भद्दा भएकाले नयाँ ल्याइएको बताए । हाछेथुले भन्नुभयो, “यो पोशाकमा हामी स्मार्ट देखिने छाँै । हामी नगरवासीको सहयोगी साथी भएकाले अबदेखि लाठी बोक्ने छैनौँ ।” नगर प्रहरीलाई स्मार्ट बनाउन क्यामरा पनि दिइएको हाछेथुले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १२ : ०८ बजे