१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरमा कोरोना परिक्षण निःशुल्क


५ कार्तिक २०७७, बुधबार  

0
Shares

सिंहदरवारमा बुधबार कोरोना परिक्षणका लागि घाँटीको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर रसन सापकोटा\रासस

लपु संवाददाता
५ कात्तिक ०७७,चापागाँउ ।  सरकारले कोरोना परिक्षण निःशुल्क नगर्ने घोषणा गरेसँगै सर्वत्र चासो र चिन्ता व्यक्त भइरहेको समयमा ललितपुर गोदावरीबासीका लागि खुशीको खबर छ ।
गोदावरी नगरपालिकाले कात्तिक ६ गतेदेखि कोरोना परिक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । बुधबार एक सूचना प्रकाशित गरि नगरपालिकाले कोरोना पिसिआर परिक्षण निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
नगरप्रमुख गजेन्द महर्जनका हस्ताक्षरित सूचनामा आनन्दबन अस्पताल टिकाभैरवमा निःशुल्क कोरोना परिक्षणको व्यवस्था हुनेछ ।
कोरोना परिक्षणको खर्च गोदावरी नगरपालिका विपद् व्यवस्थापन कोषबाट व्यर्होने गरि निःशुल्क परिक्षण हुन लागेको हो ।
पछिल्लो समय नगरपालिकामा कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ ।
गतसोमबारसम्म नगरपालिकामा ४ सय २९ जनामा कोरोनासंक्रमण देखिएको छ भने ५ जनाको निधन भइसकेको छ ।
अहिलेसम्म नगरपालिकाभित्रका जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नगरपालिकाभित्र सक्रिय संक्रमित २ सय २८ जना छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : ४३ बजे