१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बुधबार ३ सय ५५ कोरोना संक्रमित फेला


५ कार्तिक २०७७, बुधबार  

0
Shares

५ कात्तिक ०७७, ललितपुर । ललितपुरमा बुधबार ३ सय ५५ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार १ सय ६३ महिला र १ सय ९२ पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
कोरोना संक्रमण भेटिनेमा ललितपुर महानगरपालिका सधैं झैं बुधबार पनि अग्र स्थानमा छ । यस नगरमा बुधबार १ सय १५ महिला र १ सय ४८ जना पुरुषमा कोरोना संक्रमण भेटयो ।
दोश्रो धेरै कोरोना संक्रमित हुनेमा उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगर रहेको छ । यहाँ २५ महिला र ३८ पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
मध्यललितपुरको गोदावरी नगरमा १० जना महिला र ९ जना पुरषमा कोरोना भेटिएको छ ।
यो संगै ललितपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ८ सय २३ जना पुगेको छ । जिल्लामा ६१ जना कोरोना स.क्रमितको निधन भइसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : २५ बजे