६ कात्तिक ०७७, काठमाडौं । काठमाडौं गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५सय ५२ जनामा कोरोनासंक्रमण भेटिएको छ । त्यसमध्ये काठमाडौंका १ सय २ सय ८३ जना, ललितपुरका १ सय ५७ जना र भक्तपुरका १ सय १२ जना छन् ।
गएको २४ घण्टामा देशभर भने ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २ सय ५५ नमुना परीक्षण गर्दा उनीहरुमा यो संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।
८ सय १२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् ।
६ कार्तिक २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया