२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


दशैंको नवरात्रीका विशेषता


९ कार्तिक २०७७, आइतबार  

0
Shares


सुयोग ढकाल
आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिन्छ । उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ ।
देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा बिराजमान यि देवीको प्रिय वस्तु कमलको फूल हो । यिन्को साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनैपनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी(खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ । नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । अरु बेलाको दशैं झैं हुने हो भनें वलि दिनकालागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुनेथियो । तर यसवर्ष कोरोना त्रासले भनें दशैंको रौनकमा धेरै कमी ल्याइदिएको छ, स्वास्थ जोखिमको यस अवस्थामा हामी जहाँ छौं दशैंलाई त्यही त्यसैअनुरुप मनाउन जरुरी छ ।
उपत्यका बाहिर पर्साको तिलवा नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाण्डौ बसन्तपुर दरवार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिने चलन छ जुन यसवर्ष भिँडभाँड भन्दा बाहिर अनि सामाजिक दुरि कायम गरेर गरिने बताइएको छ । ।

कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।

कतिपय शत्तिपीठमा दुइदेखि दश वर्षसम्मका कन्याहरुको पूजागर्ने चलन पनि छ र यस्तो कन्यापूजाको बारेमा देवीभाग्वतमा लेखिएको छ । आजको दिन काठमाण्डौको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एकदिनमात्र सर्वसाधारणकालागि खुल्ला रहने चलन छ यद्धपी कोरोना त्रासले घुँईचो र भेलाहरुलाई वर्जित गरिएको छ । ।

यस दिनविशेष पाठः
या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।

अर्थात
सिद्धिदात्री देवीका रुपमा सवत्र विराजमान अम्बे, म तपाइलाई कोटी कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।

महानवमीको सबैलाई शुभकामना, देवीमाताले हामीसबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।

खुल्ला अनि उज्यालो आकाशका साथै कता(कता चिसो सिरेटोले छुन थालेको पनि अनुभव हुन थालिसक्यो, गाउँगाउँमा बुढा आमाबुवाहरु अब दशैंमा छोराछोरीहरु आउँछन भनेर खुशी हुनुभएको छ । शक्तिको पूजाअर्चना गरेर शक्ति आर्जन गर्ने समय साथै सञ्चार माध्यममा दशैंका गीतहरु बज्न थालिसकेको यो समय एकदमै रोमाञ्चित समय हो । यसपालाको दशैंको हर्षले वर्षभरि कान्ति छाओस् । अगाढ माया अनि असिमित शुभकामना !
स्याकूट्याकू
माता सिद्धिधात्रीको विशेष पूजापश्चात् काठमाडौंका स्थानीय नेवार समुदायमा परापूर्वकालदेखी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिएर स्याकूट्याकू हर्ष बढाइकासाथ मनाइन्छ । यी दिनहरूमा स्थानीयहरू आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएका छन । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।
स्याकूट्याकूकै दिन कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । स्थानीय नेवार समूदायहरुले आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ । यो सामाग्री हाम्रो पात्रोका लागी सुयोग ढकालले तयार पारेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।