१४ कात्तिक ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ८ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म काठमाडौंँ जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ६० हजार ७ सय ४२ पुगेको छ । तीमध्ये ४४ हजार २ सय ८८ जना निको भएका छन् भने २ सय १२ जनाको मृत्यु भएको छ ।
ललितपुरमा कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ५ सय ९ रहेकामा ६ हजार १ सय ९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ ।
भक्तपुरमा पाँच हजार ६ सय ५० जना सङ्क्रमित भएकामा चार हजार ४ सय २२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ ।
थप १६ को मृत्यु
पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
देशभर गएकोे २४ घण्टामा थप तीन हजार ५ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १४ हजार ९ सय ८९ जनाको स्वास्थ्य परीक्षण गर्दा दुई हजार १ सय ५६ पुरुष र एक हजार ३ सय ६१ महिलामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
अहिलेसम्म नेपालभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ सय २० पुगेको छ ।
प्रतिक्रिया