१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा आठ हजार कोरोना सङ्क्रमित


१६ कार्तिक २०७७, आइतबार  

0
Shares


१६ कात्तिक ०७७, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४ सय ६३ पुगेको हो । अहिलेसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।
जिल्लामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या पाँच हजार ९ सय ७६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४ सय १० पुगेको ललितपुरका स्वास्थ्य प्रमुख डा खगेश्वर गेलालले बताए । गेलालले भने, “मुलुकमा दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।” ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही सङ्क्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी सङ्क्रमित र ६० वर्ष उमेर माथिका धेरै सङ्क्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ ।

कूल सङ्क्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी दिउका छन् । “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन, गेलाललेभने, “जिल्लाभर सङ्क्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।”

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : १९ बजे