५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना उपचारका क्रममा टेकु अस्पतालले धरौटी नलिने


१७ कार्तिक २०७७, सोमबार  

0
Shares


१७ कात्तिक ०७७, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरसका बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोरोनाका बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताए ।
यसअघि अस्पतालले कोरोनाका बिरामीलाई उपचार गर्दा रु २० हजारदेखि ५० हजारसम्म धरौटी राख्नुपर्ने बताएको थियो । अस्पतालले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीले निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ ।
भण्डारीले अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्क रुपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरु निःशुल्क रुपमा व्यवस्था गरिँदै आएको समेत जानकारी दिए ।
सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीका मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो ।
अस्पतालका निर्देशक डा. राजभण्डारीले विनाशुल्क कोरोनाका सङ्क्रमितको उपचार नै नगरिने भन्ने दुष्प्रचार र भ्रमबाट मुक्त हुँदै आवश्यक परेका बेला अस्पतालले निःशुल्क रुपमा सङ्क्रमितको उपचार गर्ने समेत बताए ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ३१ बजे