१८ कात्तिक ०७७, चापागाँउ । जिल्लाको गोदावरी नगरपालिकामा अहिलेसम्म ६ सय २० जनामा कोरोना भाईरस कोरोनाको सङ्क्रमण भएका पाइएकोे छ ।
नगरपालिका अनुसार अहिलेसम्म ३ सय ६३ जना पुरुष र २ सय ५७ जना महिलामा कोरोना सङ्क्रमण भएको भेटिसकेको छ ।
अहिलेसम्म नगरपालिकाभर कोरोना सङ्क्रमणबाट ७ जनाले निधन भइसकेको छ । मृत्यु हुनेहरु वडा नं १, ३,४, ५, ९, ११ १२ का एकएक जना र छन् ।
नगरपालिकामा धेरै कोरोना संक्रमित वडा नं ११ मा ६४ पुरुष र ५२ महिला गरी १ सय १६ जना रहेका छन् भने सबैभन्दा कम वडा नं ७ मा १ जना महिला छिन् । ३ पुरुष र १ महिला गरी ४ जनाको पहिचान खुल्न सकेको छैन ।
कोरोना सङ्क्रमण मुक्त भएर अहिलेसम्म सम्म ४ सय २४ जना घर फर्किएका छन् भने १ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये नगरपालिकाले बडिखेलमा स्थापना गरेको आईसोलेसन सेन्टरमा ४ जना, विभिन्न अस्पतालका आइसोलेसनमा ८ जना उपचाररत रहेका छन् भने १८९ जना होम आईसोलेसनमा छन् ।
प्रतिक्रिया