१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर लेले काभ्रेका एक पुरुष मृत फेला


१८ कार्तिक २०७७, मंगलबार  

0
Shares

मृतक माइला तामाङ्गको शव भेटिएको उनको घर । ललितपुर खबर

लपु संवाददाता
१८ कात्तिक ०७७,लेले । ललितपुर लेले काभ्रेका ३८ बर्षिय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । साँझ ७ बजे आफ्नै घरमा माइला घलान मृत अवस्थामा फेला परेका हुन् ।
मृतक घलानसँग गतसोमबार आफ्नो झगडा परेको उनकी श्रीमती सुनमायाँ तामाङ्गले पुष्टि गरिन् । उनले भनिन्, ‘रक्सि खाएर आएपछि ढाडमा र पिडुलामा दाविला हानेको हो ।’ मनमायाँ तामाङ्गले माइला तामाङ्गको मृत्यअघि पनि आफूले एक थप्पड लगाएको जानकारी दिइन् ।
लामो समय समयदेखि घलानको परिवारमा झैंझगडा हुने गरेको उनका आफन्त प्रकाश तामाङ्गले बताए । २७ महिनाअघि मृतक माइलाले प्रहरीमा जाहेरी समेत दिएका थिए । तामाङ्गले भने,‘सम्बन्धका विषयमा बारम्बार झगडा हुने गरेको थियो ।’
छोरी सुस्मिता घलानले मंगलबार विहान आफ्ना बुवा पेट दुख्यो भन्दै समातेर हिडेको बताइन् ।
मृतकको दाजु श्याम तामाङ्गले महानगरिय प्रहरी बृत्तमा जाहेरी समेत दिएको बुभिएको छ ।
मृतक घलानका १६ बर्षकी छोरी सुस्मिता घलान, १३ बर्षका सुशील घलान नाम गरेका छोरा छोरी छन् ।
महानगरिय प्रहरी बृत्त चापागाँउबाट गएको प्रहरी निरिक्षक राजन लम्सालसहितको टोलीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पाटन अस्पताल लगेको छ । प्रहरी निरिक्षक राजन लम्सालले मृतकको साथबाट तरकारीमा राख्ने विषको सिसि भेट्टाएर अनुसन्धानका लागि लगेको जानकारी दिए । लम्सालले भने,‘घटनाको सम्बन्धमा उजुरी परेको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’
मंगलबार साँझ मृतकका दाजुलाई पोष्टमार्टम रिपोर्ट आएको र अनुसन्धान पुरा भएको जनाई लास जलाउनका लागि पत्र दिइएको छ ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।