४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


युएईका प्रधानमन्त्रीले लिए कोरोनाको खोप


१९ कार्तिक २०७७, बुधबार  

0
Shares


१८ कात्तिक ०७७, अबुधाबी (रासस/एएनआई)युनाइटेड अरब इमिरेट्स (युएई)का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोरोना विरुद्धको खोप लिएका छन् ।
प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् ।
उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोरोना विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन् ।
केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् ।
युएइले कोरोनाका बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ ।
तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : १४ बजे