५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वसभामुख महरालाई पत्नी शोक


१९ कार्तिक २०७७, बुधबार  

0
Shares


१९ कात्तिक ०७७, काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । महराकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौँ ल्याइएको थियो । दशैँमा पुख्र्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा महरामा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षको थिइन् । उनको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँको दुई छोरा र दुई छोरी छन् ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ५६ बजे