३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साथीको हत्यापछि ललितपुर थसीखेलबाट अभियुक्त पक्राउ


२० कार्तिक २०७७, बिहिबार  

0
Shares


२० कात्तिक ०७७, ललितपुर । आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्त रामेछाप खाडदेवी गाउँपालिका ५ घर भई ललितपुर महानगरपालिका ५ थसीखेल महालक्ष्मीस्थान बस्ने ध्रुव भन्ने ४७ वर्षीय मानकाजी श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
२०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका ८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर भएका सहकर्मी १८ वर्षीय श्याम खड्काको हत्यामा संलग्न रही फरार रहेका श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालत बबरमहलबाट २०७४ कात्तिक २८ गते वारेण्ट जारी भएको थियो ।
फरार रहेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका ५ थसीखेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।