१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हास्य कलाकार मदनकृष्ण सुनाकोठी सडक आन्दोलनमा सहभागी


२१ कार्तिक २०७७, शुक्रबार  

0
Shares

सडक आन्दोलनमा सम्बोधन गर्दै हास्य कलाकार श्रेष्ठ ।

लपु संवाददाता
२१ कात्तिक ०७७, सुनाकोठी ललितपुर ः प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ललितपुर सुनाकोठीमा जारी सडक आन्दोलनमा सहभागी भएका छन् । विहीबार सुनाकोठी सडक कालोपत्रेको माग राख्दै स्थानीयबासी प्रर्दशनमा उत्रेपछि समर्थनमा मदनकृष्ण श्रेष्ठ पनि समर्थन गर्दै सडक आन्दोलनमा सहभागी भएका हुन् ।
प्रर्दशनका क्रममा सम्बोधन गर्दै कलाकार श्रेष्ठले आठ बर्षअघि बसाई सरेर सुनाकोठी आउदा यो ठाँउ सुन्दर भए पनि अहिले जहाँत्याही धुलो र हिलो भएको दुखेसो पोखे । उनले भने, ‘म सबै दलका नेता मन्त्री सासंद र प्रशासनका हाकिमहरु चिन्छु । मलाई जहाँ जान पनि ढोका खुल्ला छ । तर ये सडक बनाइदेउ भनेर म कहाँ जाँउ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।
नागरिकको सुविधाका लागि आफू सडक बनोस भनेर सडकमा समर्थन गर्न आएको बताउदै श्रेष्ठले भने, ‘यो सडक तत्कालै कालोपत्र हुनु पर्छ ।’
सडक प्रर्दशनको समर्थन गर्दै अभियान्ता ज्ञानेन्द्र शाही समेत सहभागी भएका थिए ।
प्रर्दशनका क्रममा सम्बोधन गर्दै शाहीले तत्काल सडकको काम सुरु नगरे सुनाकोठी सडकका ठेकेदार सैलुन कन्ट्रक्सनका मालिक शारदा प्रसाद अधिकारीको घर घेर्ने बताए । शाहीले सैलुन कन्ट्रक्सनका ठेकेदार अधिकारीले सुनाकोठी सडक कालोपत्रे का लागि १० करोड लिएको आरोप लगाए ।
शाही सहित सहभागी आन्दोलनकारीले सडकमा बेस राखेको ठाँउ खनेर हेर्दै ग्राइभेल नराखेको भन्दै विरोध गरेका थिए ।
ज्ञानेन्द्र शाही र मदनकृष्ण श्रेष्ठ सुनाकोठीमा बसोबास गर्दै आएका छन् ।

गएको कात्तिक १६ गतेदेखि ललितपुर सुनाकोठीका स्थानीय बासिन्दा तत्काल सडक कालोपत्र गर्न माग गर्दै प्रर्दशन तथा सडक बन्द गरिरहेका छन् ।
केही समयअघि सडक बन्द पनि सडक कालोपत्रको माग गर्दै स्थानीयबासी आन्दोलित भएका थिए । ठेकेदार कम्पनीले तत्काल काम गर्ने सहमतीपछि आद्योलन टुंगिएको थियो ।
२०७२ सालमा सातदोबाटो लेले सडक विस्तार र कालोपत्रको लागि ठेक्का लगाइएको भए पनि २०७६ असार मसान्तमा समयावधि सकिएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयले यथास्थितीमा सडक कालोपत्र गर्ने भन्दै पुरानै ठेकेदार कम्पनीहरुलाई जिम्मेवारी सुम्पेको थियो । ठेचो टाहाखेल खण्ड गत बर्ष नै कालोपत्र भएको थियो ।
तर चापागाँउ खण्ड पनि राम्रोसँग कालोपत्र नगर्दा अहिले उस्तै भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : ३३ बजे