१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउन अवरोध नहुने


२२ कार्तिक २०७७, शनिबार  

0
Shares

२२ कात्तिक ०७७, काठमाडौं । खुलामञ्चलगायत काठमाडौँका सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क खाना खुवाउने सहमति भएको छ । दाता र माहनगरबीच सहमतीपछि खाना खुवाउन अवरोध नहुने भएको हो । खुलामञ्चलगायत काठमाडौँका सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क खाना खुवाउने सहमति भएको छ । खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क खाना व्यवस्थापन गर्ने विषयमा कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि सहमति भएको हो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताए । प्रमुख शाक्यले बन्दाबन्दीका समयमा महानगरले एक लाख ५० हजार परिवारलाई राहतस्वरुप राशन वितरण र दुई लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको पनि स्मरण गरे ।
“दाताहरुले खाना खुवाएकामा हाम्रो विरोध होइन, खाना खानेहरुको स्वास्थ्य सुरक्षासम्बन्धी चासो भने अवश्य हो, खुला मञ्चको साटो पार्टी प्यालेसतिर व्यवस्था गरौंँ । यसका लागि आवश्यक पर्ने थप खर्च कामपा पनि व्यहोर्न तयार छ”, प्रमुख शाक्यले भने ।
छलफलमा निःशुल्क भोजनको व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियशन एशोसिएशन, लायन्स क्लब अफ काठमाडौँ, न्यु ग्रीन सिटी, सेफ्स एशोसिएशन अफ नेपाल, हाम्रो सानो प्रयासलगायत सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ३८ बजे