३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महिला बेचेका अभियोगमा ललितपुर लामाटारबाट लामा पक्राउ


२३ कार्तिक २०७७, आइतबार  

0
Shares


२३ कात्तिक ०७७,काठमाडौंः २३ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ९ लामाटार बस्ने काठमाडौं महानगरपालिका ७ घर भएका ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पु¥याई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।