२३ कात्तिक ०७७, काठमाडौं ः गएकोे २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा एक हजार २ सय ९४, ललितपुरमा १ सय ६२ र भक्तपुरमा ७७ जना रहेका छन् ।
गएको २४ घण्टाको अवधिमा दशभर दुई हजार ८ सय १७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसीआर परीक्षण परिपछि यो संख्यामा संक्रमित फेला परेका हुन्। अहिलेसम्म देशभरका प्रयोगशालाहरुमा १५ लाख ४० हजार ७७ पिसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।
आइतबार देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ । गत बिहीबारदेखि आइतबारसम्मको विवरणमा ४५ हजार ९ सय ५५ पिसीआर परीक्षण भएको छ । त्यसमध्ये जम्मा ११ हजार ५ सय ३० परीक्षण नतिजा पोजेटिभ आएको छ । उक्त अवधिका डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ९ सय ४८ छ भने मृत्यु हुनेको सङ्ख्या ७४ रहेको छ । आज संस्थागत आइसोलेशनमा ६ हजार २२२ र १९३ र होम आइसोलेशनमा २९ हजार १९७ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा एक जार १४९ रहेको छ ।
थप २१ को मृत्यु
गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या एक हजार १ सय ८ पुगेको छ । आइसियूमा उपचारत क्रमशः प्रदेश नं. १ मा ४५, प्रदेश नं. २ मा ७, बागमती प्रदेशमा १८०, गण्डकी प्रदेशमा ८९, लुम्बीनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ५ र १५ गरी जम्मा ३ सय ९८ जना रहेका छन् । भेण्टिलेटरमा जम्मा ८२ जना उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ८ सय १२ जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुने संख्या एक लाख ५७ हजार ९ सय २६ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेदर ८१ दशमलव १ प्रतिशत रहेको प्रवक्ता डा गौतमले जानकारी दिए । पाँच सयभन्दा बढी सक्रिय संक्रमित संख्या रहेको जिल्लामा झापा, मोरङ सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की नवलपरासी पूर्व (रुपन्देही) र दाङ रहेको छ । शून्य सङ्क्रमित रहेको जिल्ला मनाङ रहेको छ ।
प्रतिक्रिया