११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंबाट हत्याका अभियुक्त पक्राउ


२५ कार्तिक २०७७, मंगलबार  

0
Shares


२५ कात्तिक ०७७, काठमाडौं । काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा संलग्न रहेको मुद्धामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनाराण नगरपालिका ७ बाट पक्राउ गरेको हो ।
यस घटना पश्चात गिरी केही समय विदेश समेत बसी पुनः नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्ने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदातल काठमाडौंमा बुझाइएको महाशाखाले बताएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।