२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तिहारअघि नै फूल सुक्यो, लेलेमा चिन्ता


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
२७ कात्तिक ०७७, लेले ललितपुर । ललितपुर लेलेमा चारैतिर हरियाली छ । शरदको सफा मौसम छ । हिमाल खुलको छ । राजधानीका अग्ला पहाडका चुचुरा देखिन्छन् । सिरसिर हावाा चलेको छ । घर आगनमा ढकमक्क सयपत्री फूल फुलेको छ । तर फूल सुकेर कालै दखिन्छ ।
सधैं झैं लेलेबासीले चाडै फूल रोपेका कारण फूल सुकेको लप्सेका रमेश घिमिरे बताउछन् । उनले भने, यो बर्ष तिहारको भाई टिका मंसिरमा छ । हामीले असारमै फूल रोप्यौं । त्यसैले सुक्यो ।लेलेका लक्ष्मण थापा घर आगनमा ढकमक्क फूले पनि फुल झरिलो नभई आइलाइ सकेको गुनासो पोखे । उनका अनुसार यो बर्ष फूल खोज्ने व्यापारी नआउदा कसेसाबारीमा सुक्ने हो कि भन्ने चिन्ता छाएको दुखेसो पोखे । उनले भने, ‘बजार लैजाउ भने कोरोनाको डर छ ।’

ललितपुर लेले काभ्रेमा फलाइएको सयपत्री फूल । तस्विर ः ललितपुर खबर

लेलेकै रमेश लामाले भने कोरोना कहरका कारण यो बर्ष फूल कम रोपेको बताए । उनले भने,‘बजारमा फूल बिक्दैन कि भनेर मैले त यो बर्ष धेरै तरकारी लगाएको छु । घरमा लगाउन र २÷४ माला बेच्न बाहेक यसपाली मसँग फूलै छैन ।’


गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवालका अनुसार यो बर्ष लेलेमा फूल किन्नेको खासै घुइचो लागेन । सधैजसो तिहारको ५÷१० दिनअघि व्यापारी आएर आधा बैना दिएर बगैचा कव्जामा लिन्थे । फूल बेच्न धेरै किसान बजार जाँदैनथे । वडाध्यक्ष सिलवालले भने,‘यो बर्ष लेलेमा धेरै फूल छैन ।’
महतगाँउका दिनेश सिलवालले यो बर्ष धेरै किसानले फूल नरोपेका कारण बजारमा महँगोमा फूल विक्ने आकलन गरेर यो बर्ष फूल अलि बढी लगाएको बताए । उनले भने, ‘फूल ओइलायो नत्र आफैले बजारमा लगेर बेचेर मस्त पैसा कमाउने सुर थियो ।’
ललितपुर लेलेको काभ्रे,महतगाँउ फैडोल र डिगाउमा हरेक साल व्यावसायिक रुपमा सत्रपत्रीको खेती गरिन्छ । तिहारको कुकुर तिहार, गाईतिहार र हलतिहारमा लेलेका किसान लगनखेल चोकमा फूल बेच्दै गरेका भेटिन्छन् । तर यो बर्ष फूल कसले बेच्ने हो र कसले किन्ने हो कुनै भर छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।