२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विहीबार एक हजार ९१३ मा कोरोना पुष्टि


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares


२७ कात्तिक ०७७, काठमाडांै । गएको २४ घण्टामा मुलुकभर एक हजार ९ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमूना परीक्षण गरिएकामा ७ सय ५९ महिला र एक हजार १ सय ५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनकारी दिएको छ ।
नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २ सय ४२ पुगेको छ । आज दुई हजार ३ सय ४९ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६४ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३८ हजार ४ सय ६१ पुगेको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ६ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।