८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्राकृतिक सहकारीको मुख्य कार्यालय चापागाँउमा


२८ कार्तिक २०७७, शुक्रबार  

0
Shares

२८ कात्तिक ०७७, चापागाँउ । ललितपुर सातदोवाटोमा अवस्थित प्राकृतिक बचत तथा ऋण सहकारीको कार्यालय गोदावरी नगर १० चापागाउ टाहाखेलमा रहने भएको छ ।
कार्यालयको राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष तथा आईसिए ग्लोवल बोर्ड सदस्य ओमदेवि मल्लले शुक्रबार रिवन काटेर उद्घाटन गरेसँगै सहकारीको कार्यालय विधितव् स्थापना भएको हो ।
कार्यालयको मुख्य शाखा चापागाँउ रहे पनि ललितपुर महानगर १४ सातदोवाटो र कोञ्ज्योसोम २ शंखुमा समेत सदस्य काउण्टर स्थापना भएको छ ।
कार्यक्रममा उद्घाटन मन्तव्य दिदै मल्लले प्राकृतिक बचत तथा ऋण सहकारी दक्षिण ललितपुरको सशक्त सहकारीको रुपमा उदाउने विश्वास व्यक्त गरिन् । सहकारी मर्ज गर्ने सरकारको नीतिलाई यस सहकारीले अवलम्वन गरेको भन्दै मल्लले भनिन्,‘संसारका धेरै देशका २÷४ सय सहकारी हुन्छन् । अरवौंको कारोबार गर्छन् । अव हामीले सहकारीलाई बलियो बनाउन सहकारी मर्ज गर्दै जानु पर्छ ।’
सहकारीको शेयर पूँजी ६ करोड रहेको छ भने बचत २० करोड रहेको छ भने सहकारीको जम्मा कारोबार रकम ४२ करोड छ ।

गएको असार ८ गते माता विन्दिवासिनी र प्राकृतिक कृषि सहकारी संस्था मिलेर सहकारी मर्ज भएर प्राकृतिक सहकारी संस्था बनेको हो ।
यो सहकारी संस्था २०६६ चैत्र १ गते स्थापना भएको थियो ।

३५ सय भन्दा बढी सदस्यहरु संस्थामा जोडिएको का अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले भने, ‘हामी विशुद्ध सेवाको भावले सहकारी संचालन गरिरहेका छौं ।’
उद्घाटन कार्यक्रममा पव्लिक क्याम्पस संघका सचिव तथा नवराज महत, दक्षिण ललितपुर विद्युत् सहकारीका अध्यक्ष गोविन्दप्रसाद बजगाईंलगायतले विचार राखेका थिए ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ३ : २३ बजे