१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा स्व. शाक्यको परिवारलाई १ लाख सहयोग


३० कार्तिक २०७७, आइतबार  

0
Shares


३० कात्तिक ०७७,ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई रु.एक लाख सहयोग गरेको छ ।
शनिबार पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा पत्रकार राष्ट्रिय दबूले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर रकम पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रुपमा स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यलाई हस्तान्तरण गरका हुन् ।
नेपाल भाषाका सञ्चारकर्मी स्वर्गीय शाक्यले भाषा, साहित्य, संस्कृति र लिपिको विकासको लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष बज्राचार्यले भने ‘उहाँको निधनले छापा र रेडियो पत्रकारितामा उतिकै दखल भएको मातृभाषाका एक प्रतिभाशाली पत्रकार मुलुकले गुमाउनुपरेको छ ।’ अध्यक्ष बज्राचार्यले भने ‘शाक्यले पत्रकारितालाई अझ प्रतिष्ठित बनाउन दिलोज्यान दिएर सहयोग गरेका छन् ।’
पत्रकार राष्ट्रिय दबूका पुर्वअध्यक्ष श्रीकृष्ण महर्जनले शाक्यले पत्रकारिता मार्फत गरेकोयोगदानका विषयमा चर्चा गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले फिल्डमा खटिएर निरन्तर पत्रकारतामा योगदान गर्ने पत्रकारहरुलाई आपतविपत परेको बेला राष्ट्रिय दबूले अक्षयकोष स्थापना गरी सहयोग गरिरहेको बताएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले पनि स्व.पत्रकारका योगदानका बारेमा चर्चा गरेका थिए ।
स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यले दुःखद समयमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन ।
कर्यक्रममा स्व. शाक्यका छोरा लुःज शाक्यका साथै पत्रकार र शुभेच्छुकहरुको बाक्लो उपस्थित थियो । झण्डै तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रका क्रियाशील शाक्यको ४९ वर्षको उमेरमा गतअसोज १५ गते निधन भएको थियो ।

 

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : १६ बजे