६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार ५ सय ३ जनालाई कोरोना संक्रमण


२ मंसिर २०७७, मंगलबार  

0
Shares


२ मंसिर ०७७, काठमाडौं । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याड्ढ अनुसार ३ हजार १ सय सय १२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २ सय ४ जना महिला र २ सय ९८ जना पुरुष रहेका छन् ।
सोमबार ४ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४ सय ७५ जना कोरोना पोजेटिभ भएका छन् । ३० हजार ९ सय ८६ सक्रिय सङ्क्रमित रहेका छन् ।
देखिएका सङ्क्रमितमध्ये ३ सय ३९ जना उपत्यकाका छन् । तिमध्ये १ सय ४६ जना महिला र १ सय ९३ जना पुरुष छन् । प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३ सय ८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये ३ सय १८ जना सघन उपचार कक्ष (आइसियु)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियुमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १ सय ३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।
२ हजार ८ सय ७८ निको
आज २ हजार ८ सय ७८ जना सङ्क्रमित निको भई घर फर्किएका छन । अहिलेसम्म एक लाख ७९ हजार २सय ४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ ।
१७ को निधन
आज कोरोनाको सङ्क्रमणबाट १७ जनाको निधन भएको छ । अहिलेसम्म एक हजार २ सय ४७ जनाको निधन भएको छ । २८ हजार २ सय ७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन् ।

शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : १३ बजे