६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप एक हजार ४ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि


३ मंसिर २०७७, बुधबार  

0
Shares

 


३ मंसिर ०७७, काठमाडौं । गएकोे २४ घण्टामा नेपालमा एक हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
छ हजार ७ सय ३१ नमूना परीक्षण गर्दा ९ सय ८ पुरुष र ५ सय ३४ महिलामा गरी कूल एक हजार ४ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ९ सय १७ पुगेको छ । २४ घण्टामा तीन हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख ८२ हजार ७ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कूल सङ्क्रमितको ८५.८ प्रतिशत हो । अठ्ठाइस हजार ८ सय ७८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा छन् भने ३ सय २६ जनाको आइसियु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपालञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५ सय बढी सक्रिय सङ्क्रमित छन् भने मनाङमा सक्रिय सङ्क्रमित छैनन् । गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यो संख्यासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २ सय ५९ पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : १५ बजे