६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कौसी क्विन –फोटो प्रतियोगिताकी सर्वोकृष्ट भइन् श्रेष्ठ


३ मंसिर २०७७, बुधबार  

0
Shares

३ मङसिर ०७७ ललितपुर । प्रज्ञान क्रियशन प्रा.लि द्धाराले आयोजना गरको कौशी क्विन फोटो प्रतियोगिताको उपादी भगवती श्रेष्ठले जितेकी छिन् । सर्वोउत्कृष्ट विजेता भगवती श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रममा क्राउन लगाउन सफल भएकी छन् । श्रेष्ठले रु ५५ हजार तीन सय ५० को विभिन्न कौसी खेतीका कृषि सामाग्री प्रदान गरिएको छ ।
तरकारी खेतीतर्फ ‘फस्ट रनर–अप’ पवित्रा भण्डारी भएकी छन् । कोपिला खनालले दोस्रो स्थान र जिग्मी लामाले तेस्रो स्थान पाएकी छन् । दोस्रो र तेस्रो स्थानमा प्राप्त गर्नेले जनही रु.१६ हजार आठ सय ५० र रु १० हजार ५० मुल्य बराबरको कौसी खेतीका विभिन्न सामाग्री प्रदान गरिएको छ ।


फलफूल तथा पुष्प विधामा पहिलो स्थान डा. नम्रता श्रेष्ठले हासिल गरेकी छन् । त्यस्तै, दोस्रो स्थानमा रेखा महर्जन र तेस्रो स्थानमा सीता शर्मा अधिकारीले प्राप्त गरेकी छन् । फलफूल तथा पुष्प विधातर्फ प्रथम डा. श्रेष्ठले रु सात हजार, दोस्रोलाई रु. ६ हजार र तेस्रोलाई रु ५ हजार राशिको कौसी खेतीका सामाग्री प्रदान गरिएको छ ।
कौसी खेती प्रवर्धनका लागि बागमति प्रदेशस्तरीय ‘कौसी क्विन २०७७’ फोटो प्रतियोगिता एक कार्यक्रम माझ सम्पन्न भएको छ ।े उक्त प्रतियोगिता संचालन गरेको कार्यक्रममा भुमि व्यवस्था कृषि सहकारी मन्त्रालय र नेपाल सरकार कृषि निर्देशनालय हेटौंडाको सहयोग गरेको छ । प्रतियोगितामा फोटो अनुसार विभिन्न पुरस्कारको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा अतिथिको कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. मतिना जोशी वैध, कृषि तथा पुशपन्छी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्र बहादुर कार्की उपस्थित थिए । कात्र्तिक १ गते बाट फोटो एक साथ प्रकाशित गरिएको थियो । भने, कार्यक्रमको तयारी चार महिना अघिदेखि भएको थियो ।
प्रतियोगीका फोटो लाइक, सेयर तथा कमेन्ट र निर्णयक मण्डलको मुल्यांकन अनुसार विजेता छानिएका थिए । विजेतालाई खादा, प्रमाण–पत्र सहित ‘क्राउन’ ले सम्मानित गरिएको थियो । बागमति प्रदेशस्तरीय कौसी क्विन फोटो प्रतियोगितामा करिब एक सय २० सहभागी थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : २६ बजे