८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन घट्यो तोलाको ७ सय


४ मंसिर २०७७, बिहिबार  

0
Shares


४ मंसिर ०७७, काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रिय रूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । यही कारणले आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला रु ७ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो ।
तेजाबी सुन प्रतितोला रु ९३ हजार ९ सयमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६ सयमा कारोवार भएको थियो । चाँदी भने प्रतितोला रु एक हजार २ सय १५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २ सय ३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  १ : ०२ बजे