६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एक हजार ९ सय ४५ जना कोरोना संक्रमित


५ मंसिर २०७७, शुक्रबार  

0
Shares


५ मंसिर ०७७, काठमाडौं । देशभर गएको २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ३सय ४० जनाको परिक्षणपछि ७ सय ४० महिला र एक हजार २ सय ५ पुरुषकोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको छ । आज पाँच हजार ३ सय ६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनकारी दिएको छ ।

अहिले देशभर २४ हजार ६ सय ६५ सक्रिय सङ्क्रमित छन् । यो कूल सङ्क्रमितको ११.४ प्रतिशत हो । देशभर ७ सय ५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ४ सय ३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२२ को मृत्यु

अशिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २ सय ९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ४३ बजे