५ मंसिर ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार १ सय ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौँमा एक हजार ६ सय ८१, ललितपुरमा दुई हजार २ सय २८ र भक्तपुरमा ७ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिलेसम्ममा काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँमा ३ सय १६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । अहिले देशका १२ जिल्लामा ५ सय भन्दाबढी सङ्क्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ सङ्क्रमणमुक्त रहेको छ ।
प्रतिक्रिया