४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा संख्या सङ्क्रमितको संख्या १ करोड नजिक


६ मंसिर २०७७, शनिबार  

0
Shares


५ मङ्सिर ०७७, नयाँदिल्ली (रासस(पिटिआई) ः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या एक करोड नजिक पुगेको छ । अहिलेसम्म भारत भर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको बताइएकोे छ ।
केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३ सय ६५ जना सङ्क्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १ सय ६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
शुक्रबार मात्रै ४५ हजार ८ सय ८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।
भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७ सय ९४ रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ०३ बजे