६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाबाट वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको निधन


६ मंसिर २०७७, शनिबार  

0
Shares

६ मंसिर ०७७, काठमाडौं । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ९ : ४९ बजे