७ मंसिर ०७७, काठमाडौं । आइतबार राजधानीमा ९ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छन । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ं७ सय ३३, ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिएका छन् । काठमाडौं उपत्यकामा देशभर भेटिएका कोरोना संक्रमितको संख्या आधाभन्दा धेरै हो ।
गएको २४ घण्टामा देशभर एक हजार ६ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण एक हजार ६ सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार ३०८ पुगेको छ । गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ६ सय ९९ छ । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९ सय ६३ रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३ सय ५१ र होम आइसोलेशनमा १३ हजार ६ सय १२ जना रहेका छन् ।
प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ भने निको हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ जना छन् ।
विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।
प्रतिक्रिया