१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कोरोना निको हुनेको संख्यामा बृद्धि


७ मंसिर २०७७, आइतबार  

0
Shares


७ मंसिर ०७७, ललितपुर Z। ललितपुरमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्यामा बृद्धि भएको छ । । जिल्लाभर रहेका कूल ११ हजार ६ सय ९० सङ्क्रमितमध्ये नौ हजार ६ सय ३ लाई निको भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९ सय ६९ र मृतकको सङ्ख्या १ सय १८ पुगेको कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको सङ्ख्या बढेको छ । महानगरपालिकामा रहेका कूल सात हजार ७२ सङ्क्रमितमा पाँच हजार ९ सय २६ घर पठाइसकेको कोरोना स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताए । उनले भने, “महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४५ र मृतकको सङ्ख्या ४८ पुगेको छ ।”
गोदावरीमा आजसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या ८ सय ९९ र यसमा निको भएर घर फर्कनेको सङ्ख्या ६ सय ८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय सङ्क्रमित २ सय४ र मृतकको सङ्ख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।
महालक्ष्मी नगरपालिमा सङ्क्रमित सङ्ख्या एक हजार ५ सय ४६ र यसमा सङ्क्रमणमुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या एक हजार ३ सय पुगेकोे छ । नगरपालिमा सक्रिय सङ्क्रमित २ सय ३४ र मृतकको सङ्ख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ ।
कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महाङ्कालमा कोरोना सङ्क्रमित सङ्ख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।
महाङ्कालका एक व्यक्ति होम आइसोलेशन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, “गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।”
वाग्मतीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।
महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि छ÷छ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ४६ बजे