६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोमबार एक हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण


८ मंसिर २०७७, सोमबार  

0
Shares


८ मंसिर ०७७,काठमाडौं । गएको २४ घण्टामा देशभरशाट एक हजार ९ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार गएको २४ घण्टामा १० हजार ३ सय ८१ जनाको नमूना परीक्षण गर्दा एक हजार १ सय ९१ पुरुष र ७ सय ८९ महिला गरी जम्मा एक हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९ सय ५७ जना छन् ।

यससँगैै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २२ हजार २ सय ८८ पुगेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको छ । सोमबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८ सय ८४ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये होम आइसोलेशनमा १२ हजार २ सय ७१, अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा ३ सय ६५ र भेन्टिलेटरमा ६३ जना रहेका छन् । गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ३ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ३४ बजे