८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर चेम्बरका व्यावसायीले मेडिसिटी अस्पतालमा सुविधा पाउने


९ मंसिर २०७७, मंगलबार  

0
Shares

८ मंसिर ०७७, पाटन, ललितपुर ः ललितपुर चेम्बर अफ कमर्श र नेपाल मेडिसिटी अस्पतालबीच सोमबार स्वास्थ्य सेवासम्बन्धि सम्झौता भएको छ । ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्य र अस्पतालका महाप्रबन्धक विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि अव ललितपुर नख्खुमा अवस्थित नेपाल मेडिसिटी अस्पतालका सेवाहरु ललितपुर चेम्बर अफ कमर्शका  व्यावसायी र  कर्मचारीहरुले उपचारमा सहुलियत पाउने छन् ।

ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले नेपाल मेडिसिटी अस्पतालले ेअन्तर्राष्ट्रियस्तरको उपचार सेवा दिदै आएकाले अस्पताल र चेम्बरबीच सम्झौता गरेको जानकारी दिए । अस्पतालका महाप्रबन्धक रिमालले अन्तराष्ट्रिय मान्यता पपाएको अस्पतालले स्थानीय स्तरमा सेवा दिन तत्पर रहेको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : ३९ बजे