९ मंसिर ०७७, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा मंगलबार भारी गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ८ सयले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३ मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८ सयले ओरालो लागेको हो ।
तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्यमा समेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २ सय १० मा कारोबार भएकामा मंगलबार प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १ सय ८० मा कारोबार भएको हो ।
प्रतिक्रिया