८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेक्वान्दो प्रशिक्षक विष्ट कोरोना सड्क्रमित


११ मंसिर २०७७, बिहिबार  

0
Shares


११ मंसिर ०७७, ललितपुर । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । विष्टसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।

परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिएका छन् । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न विष्टले आग्रह गरेका छन् । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसिरहेका छन्।

विष्टकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भइसकेकी छिन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : ०४ बजे