६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर भेटिए १ हजार ७ सय ३ कोरोना संक्रमित


१२ मंसिर २०७७, शुक्रबार  

0
Shares


१२ मंसिर ०७७, काठमाडौं । गएको २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणपछि १ हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ६० जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकोे छ ।
गएको २४ घण्टामा कोरोना भाइरस निको हुनेको संख्या भने १ हजार २ सय ३६ रहेको छ । अहिलेसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

 

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ०३ बजे