१३ मंसिर ०७७, ललितपुर । युट्युवर सोनिका रोकायाले पुर्वयुवराज पारस शाहसँग राखेको विवाह प्रस्ताव अस्वीकार गरेपछि आत्महत्या प्रयास गरेको बताएकी छिन् । सोनिकाले आफू सधै पारससँग हिड्दा असझिलो लागेकोले विवाह गर्न आग्रह गरेको बताइन् । सोनिकाले आफ्नो मनमा पाप रहेको र सो स्विकार गरेको समेत उल्येख गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै सोनिकाले सो कुरा बताएकी हुन् ।
पुर्वयुवराज पारस शाहले विवाहको प्रस्ताव अस्विकार गर्ने वित्तिकै आफूले आफूलाई रेटेको समेत उनले बताएकी छिन् । ढोका थुनेर ५ दिनसम्म केही नखाई बसेको सो भिडियोमा बताएकी छिन् । सोनिकाले फ्यानमा पासो लगाएर झुण्डिएको तर डोरी चुडिएर बाँचेको बताएकी छिन् ।
पुर्वयुवराज पारसले ब्रम्हाले समेत आफ्नी छोरीसँग विवाह गरेकोले आफूले सोनिकासँग विवाह गर्ने भन्दै फकाएपछि आफू सम्हालिएको समेत भिडियोमा बताएकी छिन् ।
हेर्नुस् भिडियो ः
पुर्वयुवराजले रातको १२÷१ बजे राती पशुपति मन्दिर लैजाने गरेको समेत सोनिकाले उल्येख गरेकी छिन् ।
सोनिकाले थाइल्याण्डकी युवती कनिका सँगको सम्बन्धको विषयमा समेत बोलेकी छिन् ।
पुर्वयुवराज पारसमा इगो समस्या रहेको र युर्व युवराज्ञी हिमानीसँग नबसेको समेत उल्येख गरेकी छिन् । उनले भनेकी छिन् । तर पारस र हिमानीबीच बोलचाल हुन्छ ।
सोनिकाले फेसबुकलाई आफ्ना लागि वर पिपल भन्दै मनको कुरा राख्न आएको बताइकी थिइन् ।
प्रतिक्रिया