१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चोरीको बहाना गरी प्रहरी झुक्याउने पोडे पक्राउ


१५ मंसिर २०७७, सोमबार  

0
Shares

अभियुक्त कान्छि पोेडे र चोरी भएको भनिएको छरपस्ट सामान फ्याकिएको कोठा ।

१५ मंसिर ०७७, सातदोवाटो, ललितपुर । गत आइतबार ललितपुर महालक्ष्मी १ की कान्छी पोडे गरगहना र नगद चोरीको बहाना बनाएर प्रहरीलाई झुक्याएको आरोपमा पक्राउ परेकीछिन् ।
पोडेले गत सोमबार २ बजेतिर ललितपुर सातदोवाटो बृत्तमा चोरी भएको भन्दै मौखिक जानकारी दिएपछि भएको अनुसन्धानको क्रममा आफैले सरसामान लुकाएको फेला परेको प्रहरीले जानकारी दिएको छ । पोडेले नगद रू.२६,००,०००।– (छबीस लाख), २ तोला सुनको सिक्री थान १, १ तोलाको सुनको सिक्री थान १, २ तोलाको हातमा लगाउने बाला थान १, कानमा लगाउने झुम्का आधा तोला १ जोर, ५ तोलाको चाँदीको पाउजु १ जोर र २० तोलाको चाँदीको मन्दिर चोरिएको उजुरी दिएकी थिइन् ।
वृत्त सातदोबाटोबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई घटनास्थलमा पुगेर हेर्दा ढोका फोरिएको, दराज फोरिएको, सामानहरु छरपष्ट अवस्थामा रहेको थियो । प्रहरीले घटना स्थलमा अनुसन्धान गर्ने क्रममा ढोका र दराज फोडिईएको, सामानहरु छरपष्ट अवस्थामा रहेको थियो । प्रहरीले चोरी भएको घटना बारेमा सुक्ष्म रुपमा अनुसन्धान गर्दा घटनास्थल चोरी भएकै जस्तो देखिएको भएपछि शंका लागि त्यस घर खान तलासी गर्दा चोरी भएको भनिएको नगद र गर गहना सहितका सामानहरु अर्को तल्लामा कोठामा रहेको स्टिलको दराजको सेफ भित्र लुकाएको अवस्थामा भेटिएको थियो ।
चोरी भयो भनि झुठा अफवाह फैलाउने घर धनी कान्छी पोडेमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ५९ बजे