१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बज्रवाराही चापागाँउ अस्पतालको भवन शिलान्यास


१५ मंसिर २०७७, सोमबार  

0
Shares


ललितपुर खबर
१५ मंसिर ०७७, बज्रवाराही ।  बज्रवाराही चापागाँउ अस्पतालको भवन ललितपुर चापागाँउ बज्रवाराहीमा शिलान्याश गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले भवनको शिलान्याश गरेका हुन् ।
पालिका स्तरिय अस्पतालका रुपमा स्थापित यो भवन १५ शैयाको लागि बनाइन लागेको हो
अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड बजेट विनियोजन गरेको छ । २ बर्षमा निर्माण गरिसक्नु पर्ने समय सिमा तोकिएको छ ।
सरकारले आज सोमबार देशभरका ५ शैया, दश शैया र १५ शैयाका ३९६ वटा नगरपालिकामा पालिकास्तरिय अस्पताल निर्माण गर्ने योजनाकै शिलशिलामा यो अस्पतालको भवन शिलान्याश गरिएको हो । यद्यपी यसअघि नै जिल्ला अस्पतालको रुपमा स्थापित बज्रवाराशी अस्पताल र चापागाँउ सामुदायिक अस्पताललाई एककृत गरेर चापागाँउ बज्रवाराही अस्पताल संचालनमा आएको छ ।
अस्पताल संचालनमा आएपछि गोदावरी नगर, ललितपुरका केही वडा,कोञ्ज्योसोम गाँउपालिका, वागमती गाँउपालिका, माहाकाल गाँउपालिका र उत्तरी मकवानपुरका स्थानीयबासीहरुले सुविधा पाउन गोदावरी नगरापालिकाका मेयर गजेन्द्र महर्जनले बताएका छन् ।
भवन बज्रवाराही मन्दिर जाने गेट नजिकै बन्न लागकको हो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ४६ बजे