१६ मंसिर ०७७,खोकना ललितपुर । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दीरको अवलोकन गरेका छन् ।
बिसं २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त सो मन्दीर अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपुर्ण चाड पुनिर्णमा नाच अवलोकन गर्न प्रम पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुगेका हुन् ।
प्रम पत्नी शाक्यले रुद्रायणी मन्दीर पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएकी छिन् । उनले भनिन्,मन्दिरको अवस्था हेर्दा राम्रो देखिएको छ तर भुकम्पले गर्दा भित्रभित्रै भत्किना थालेको छ । मन्त्री श्रेष्ठले पुरातात्विक र एतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य मन्दिरको तत्काल जिर्णोद्धार गर्न जरुरी रहेको बताए ।
‘रुद्रायणी मन्दिर र खोकनाको अवस्थाबारे प्रधानन्त्री ज्युले गम्भीर चासो राखेपछि उहाको धर्मपत्नी र म यस एतिहासिक नगर अवलोकन गर्न आएका हौ ।’ मन्दीर परिसर र खोकनाको पुर्णिमा नाच अवलोकन गरेपछि मन्त्री श्रेष्ठले भने । उनले भुकम्पले क्षतिग्रस्त मन्दिर रअन्य सम्पदा पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताए ।
उनले भने,‘रुद्रायणी मन्दीर क्षतिग्रस्त भएको विषय अत्यन्तै चिन्ताजनक छ, सरकारले यहाको सम्पदा पुननिर्माण गर्न सरोकारवाला निकायलाई तत्काल निर्देशन दिनेछौ ।’
अवलोकन गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिलज्ञवाली,पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
अवलोकनपछि पुरातत्व विभागका महानिर्देशक गौतमले भुकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनःनिर्माण गर्ने बताएका छन् । महानिर्देशक गौत्तमले सातौ शताब्दी देखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखे ।
यो शहरको तेल मिललाई बचाउनुपर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामाग्री प्रयोगगरी निर्माण गरेर संरक्षण गर्नुपर्छ । उनले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्रसंरक्ष्ण हुन नसक्ने बताए ।
लगत्तै मन्त्री श्रेष्ठले खोकनाको सम्पदा विकासको लागि सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दै भने,‘सतप्रतिशत आदिवासी बस्दै आएका यो क्षेत्रको सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विकास गर्न सरकार सम्पुर्ण रुपमा तयार छ ।’ रुद्रायणी मन्दीर पुननिर्माण गर्न तत्काल पहल गर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।
ललितपुुर महानगरपालिका –२१ का अध्यक्ष रविन्द्र महर्जनले भुकम्पले क्षतिग्रस्त रुद्रायणी लगायत खोकनाको सम्पदा पुननिर्माण गर्न प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठलाई आग्रह गरे ।
प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठले देवता खलकको नाच अवलोकन गरेका थिए । रुद्रायणी लगायतका सम्पदाको अवस्थाबारे अवलोकन गर्न र पुर्निमा नाच अवलोकन गर्न नेकपा पार्टी नेता एवं पुर्व सांसद शुसिला नेपाल नेकपा जिल्ला अध्यक्ष हरीकृष्ण महर्जन, सचिव एवं प्रदेश सांसद राजकाजी महर्जन, प्रदेश सांसद जीवन खड्का, ज्ञानेन्द्र शाक्य,पार्टी प्रचार प्रमुख स्वयंम्भुराज डंगोल वडासदस्य लगायतका उपस्थिति थियो ।
प्रतिक्रिया