४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुसमा कोरोना भाइरसकोको खोप लगाउन सुरु


१७ मंसिर २०७७, बुधबार  

0
Shares

१७ मंसिर ०७७, काठमाडौं । रुसमा अर्को सातादेखि यहाँ निर्मित खोप लगाउन सुरु गरिने भएको छ । राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप लगाउन निर्देशन दिएपछि खोप प्रयोगमा आउन लागेको हो ।
यहाँका स्थानीय संचारमाध्यमहरुका लेखिएको समाचार अनुसार राष्ट्रपति पुटिनको निर्देशनसँगै अव पहिलो चरणमा शिक्षक र स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाइने छ ।
रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको जनाएका हुन् । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ ।
रुसी सरकारले आफ्ना नागरिकहरुलाई यो खोप निःशुल्क रुपमा लगाउने व्यवस्था गर्नेछ । यहाँ फर्मासिटिकल्स उद्योगहरु औषधि उत्पादनका लागि तयारी हालतमा राखिएको बताइएको छ ।
यो खोपको नाम स्पुत्निक रहेको छ । वेलायतमा निर्मित फाइजर र वायोएनटेक खोपको पनि आपत्कालीन प्रयोगको लागि अनुमति लिइसकेका छन् ।
बेलायती नियमन गर्ने आधिकारिक निकाय एमएचआरएले खोप सुरक्षित रहेको बताउदै प्रयोगको अनुमती दिइसकेको बताएको छ ।
अहिले संसारभरका सयौं देशले कोरोना भाइरसको परिक्षण गरिरहेका छन् । एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : १६ बजे