२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


संसारभर बन्दै छन् कोरोनाविरुद्धको खोप


१८ मंसिर २०७७, बिहिबार  

0
Shares


१८ मंसिर ०७७, ललितपुर । गतडिसेम्बर १९ बाट संसारमा प्रवेश गरेको कोरोना भाइरसले आजकल विश्वलाई नै तर्साइरहेको छ । चीनको बुहान शहरबाट फैलन शुरु गरेको यो भाइरसबाट करोडौ संक्रमित भइसके भने लाखौको मृत्यु भइसकेको छ ।।।
झण्डै एक बर्षदेखि विज्ञानलाई नै चुनौती दिइरहेको यो भाइरसको खोप तयार गर्न संसारभरकै वैत्रानिकहरु कम्मर कसेर लागेका छन् । संसारभरका २ सय भन्दा धेरैवटा औषधि र खोप निर्माणको प्रयास भइरहेको छ । ति मध्ये केही खोपबारे चर्चा गरौं ।
अक्सफोर्ड–एस्ट्राजेनिका – यो भाइरल भेक्टर किसिमको खोप हो । यसमा जेनेटीकली मोडिफाइड भाइरसको प्रयोग गरिएको छ ।
यसलाई फ्रिजमा सामान्य तापक्रममा भण्डारण गर्न सकिन्छ । मानिसमा प्रयोग गर्दा हरेकलाई दुई पल्ट खोप दिनु पर्ने बताइएको छ । यसको अहिलेसम्म क्लिनिकल ट्रायलमा यो ६२ देखि ९० प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको छ । यो खोप तुलनात्मक रुपमा सस्तो पनि छ । मानिसमा लगाउदा प्रति खोपको मूल्य ४ डलरसम्म पर्ने बताइएको छ । तर नेपालमा ल्याएर प्रयोग गर्ने हो भने थप मूल्य पर्ने आकलन गर्न सकिन्छ ।
मोर्डनाको – यो एमआरएनए टाइप कोरोना भ्याक्सिन हो । जसलाई भाइरसको जेनेटिक कोडको केही टुक्रा राखेर गरेर बनाइरहेको छ ।
यसलाई भण्डारण गर्न भने अलि गाह्रो । कोर्डना माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्छ भने यसलाई ६ महिनासम्म मात्रै राख्न सकिन्छ । यो खोप पनि दुई लगाउनु पर्छ । अहिलेसम्मसम्म भएको क्लिनिकल ट्रायलमा यसलाई ९५ प्रतिशतसम्म प्रभावकारी बताइएको छ । यो खोपको मूल्य भने महँगो छ । एप पल्ट लगाउने खोपको मूल्य ३३ डलरसम्म हुने बताइएको छ ।
फाइजर –यो पनि एमआरएनए टाइपको कोरोना खोप हो । अहिलेसम्म भएको क्लिनिकल ट्रायलमा यो पनि ९५ प्रतिशतसम्मै प्रभावकारी पाइएको छ ।
यसलाई भण्डारण गर्न भने ज्यादै कठीन छ । फाइजर खोप माइनस ७० डिग्रीको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यो खोप पनि दुई पल्ट लगाउनु पर्ने हुन्छ । फाइजर धेरै महँगो पनि छैन । प्रतिखोपको मूल्य १५ डलरसम्म लाग्ने कम्पनीले बताएको छ ।
गामालेयाको स्पुतनिक–भी– यो अक्सफोर्डको खोप जस्तै भाइरल भेक्टर टाइप खोप हो । जसको अहिलेसम्म भएको क्लिनिकल ट्रायलमा ९२ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएकोे छ । यसलाई फ्रिजमा सामान्य तापक्रममा भण्डारण गर्न सकिन्छ र यसको दुई डोज लिनुपर्ने हुन्छ । यो प्रतिखोपकोे मूल्य ७.५० डलरसम्म लाग्ने कम्पनीले बताएको छ ।
स्पुतनिक– यसका अलावा रुसले स्पुतनिक नामक एउटा अर्काे भ्याक्सिन पनि प्रयोग गरिरहेको छ । यसको आपतकालीन प्रयोगका लागि राष्ट्रपति भ्लादिमुर पुटिनले अर्को साता गर्नदेखि सुरु गर्न आदेश दिइसकेका छन् ।
क्यान्सिनो बायोलोजिक्स– चीनको क्यान्सिनो बायोलोजिक्सद्धारा बनाइएको एउटा भ्याक्सिनलााई स्वकृती दिइएको छ । यो दुवै भ्याक्सिन अक्सफोर्डको भ्याक्सिन जस्तै भाइरल भेक्टर टाइप भ्याक्सिन हो । एजेन्सी

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ११ : १५ बजे