६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरभर विहीबार ६८ जना कोरोना संक्रमित


१८ मंसिर २०७७, बिहिबार  

0
Shares


१८ मंसिर ०७७, चापागाँउ । गएको २४ घण्टामा ललितपुरका ६८ जनाका कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ३८ जना महिला र ४८जना पुरुषमा कोरोना संक्रमण फेला परेसँगै ललितपुरका यो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएका हुन् ।
गएका दिनहरु झैं आज(विहीबार) ललितपुर महानगरमा २१ महिला र ३५ पुरुषमा कोरोना संक्रमण भेटिएपछि महानगरमा ५६ जना काोरोना संक्रमित पुगे ।
कोरोना धेरै भेटिने दोश्रो नगरमा अन्य दिनझैं महालक्ष्मी नगरपालिका रहेको छ । यहाँ ९ जना महिला र ८ जना पुरुष संक्रमणको शिकार भए ।
मध्यललितपुरका अवस्थित गोदावरी नगरमा ८ जना महिला र ५ जना पुरषसहित कुल १३ जना संक्रमण देखा प¥यो ।
दक्षिण ललितपुरका वागमती, कोञ्ज्योसोम र माहाँकाल गाँउपालिकामा विहीबार कोहि पनि व्यक्तिमा कोरोना संक्रमण भेटिएको छैन ।
आजको संख्यासँगै ललितपुर जिल्लाभर अहिलेसम्म १३ हजार २ सय २४ जना कोरोना संक्रमणको शिकार भइसकेका छन् । तीमध्ये ११ हजार ३ सय ८३ जना कोरोना मुक्तपछि स्वास्थ्य लाभ गरिसकेका छन् भने १ हजार ६ सय ९९ जना कोरोना मुक्त भइ नसकेको अवस्थामा छन् ।
यस जिल्लामा अहिलेसम्म कोरोना संक्रमण पछि १ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ४९ बजे