१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको गठ्ठाघरबाट ५० हजार पाकेट मार्ने पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


१९ मङ्सिर ०७७, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषको नगद ५० हजार रुपैयाँ पकेटमारी गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने मोरङ् डाँगीहाट घर भएका २८ वर्षीय विकास राजबंशी र सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ खाँडीचौर बस्ने २७ वर्षीय सन्तोष लामा रहेका छन् ।
पैसा पकेटमारी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले लामाको साथबाट पकेट मारेको नगद ५० हजार रुपैयाँ सहित फेला पारी उनीहरुलाई कौशलटार बस स्टपबाट पक्राउ गरेको हो ।
उनीहरु उपर चोरीको कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।